Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

३५ हजार घुस लिने इन्जिनियर रंगेहात पक्राउ



भक्तपुर, वैशाख २८ गते ।  सडकको ग्याभिङ्ग वाल लगाउने उपभोक्ता समितिसँग २० प्रतिशत घुस मागेको आरोपमा एक ईन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले घुस लिँदै गर्दा पक्राऊ गरेको छ । 
 जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय भक्तपुर जगातेका ईन्जिनियर शुभनारायण यादवलाई मध्यपुर थिमिको क्षयरोग केन्द्र अगाडि रहेको स्टाफ भोजनालयबाट घुस वापतको  ३५ हजार रुपैयाँ लिदै गर्दा अख्तियार टोलीले नियन्त्रणमा लिएको हो । 
 अख्तियार टोलीका अनुसार सरकारको ३ लाख रुपैयाँको बजेटमा उपभोक्ता समितिमार्फत ग्याभिङ्ग वाल लगाउने काम गर्दा ईन्जिनियर यादवले कुल बजेटको ३५ प्रतिशत रकम माग गरेकोमा २० प्रतिशत रकम घुस लिने सहमति गरेका थिए ।  ३५ हजार रुपैयाँ पहिलो किस्तामा र बाँकी रकम काम सकिए पछि लिने सर्त अनुसार घुस रकम लिदै गर्दा यादवलाई पक्राऊ गरेको आयोगले जानकारी दिएको छ । 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget